कटहरियाको मेयर र उपमेयर दुवैमा काङ्ग्रेस उमेदवार विजयी

बिमलेश कुमार झा
७ जेठ,रौतहट। रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन्।

मेयरमा अजय प्रकाश जैसवाल र उपमेयरमा रिता देवी यादव निर्वाचित भएका हुन्। जैसवालले २ हजार ५ सय ९५ मतान्तरले विजयी भएका हुन्।

जैसवालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सियाराम कुशवाहालाई पराजित गरे। जैसवाल ७ हजार ५ सय ७६ मत ल्याएर विजयी हुँदा कुशवाहाले ४ हजार ५ सय ७७ मत ल्याएका छन्। कुशवाहा निवर्तमान मेयर हुन्।

उपमेयरमा नेपाली कांग्रेसका रिता देवी विजयी भएकी छिन्। यादवले ७ हजार ५ सय २० मत ल्याए। एमालेकी कुन्ती देवीले ४ हजार ५ सय ३७ मत ल्याएकी छिन्।
९ वटा वडा रहेको कटहरियाका ४ वडा वडामा कांग्रेस, ४ वटा वडामा नेकपा एमाले र एउटा वटामा नेकपा (एस)का वडाध्यक्ष विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here