जनताको उत्साह जनक मतलाई सम्मान गर्छौं:मेयर पटेल


बिमलेश कुमार झा
१३ जेठ,रौतहट। रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख पटेलले जनताको उत्साह जनक मतलाई सम्मान गर्ने बताएका छन्।

नेकपा एसबाट रौतहटको वृन्दावन नपाको प्रमुखमा निर्वाचित पटेलले उत्साह जनक मतबाट विजयी हुदा आफू गौरवान्वित महसुस गरेको बताउदै नगरका सम्पूर्ण जनताको मतलाई सम्मान गरि अगाडि बढ्ने बताएका छन्। नगरपालिकाको परिसरमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोप्नियताको सपथ खुवाउदै मेयर पटेलले जनताको मतलाई खेर नफाल्ने तर्क गरे।
नेकपा एसका विनोदप्रसाद कुर्मीले ६११२ मत र उपप्रमुखमा संगीताकुमारी रामले ५७७२ मत प्राप्त गरी विजय हासिल गरेका छन्। नगर प्रमुखमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामसिनेही राय यादवले ४६७८ र उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले ४६८८ मत प्राप्त गरेकी छन्।
नगरपालिकाको वडा नम्बर १ मा नेकपा एस, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र, वडा नम्बर ३ मा नेकपा एमाले, वडा नम्बर ४ र ५ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर ६, ७, ८ र ९ मा नेकपा एसले जित निकालेको छ। वृन्दावन नगरपालिका भित्र पर्ने ९ वटा वडा मध्ये ५ वटा वडा नेकपा एसले जित हात पारेको छ।

निवर्तमान मेयर रामस्नेही यादवले जनताको मतलाई खासै कदर नगरेको आरोप लगाउदै मेयर पटेलले हिजो बिहीबार आफ्नो कार्य भार सम्हालेको पहिलो दिन नपा भित्र सुरक्षित मातृत्वका लागि बर्थिङ्ग सेन्टर तथा भिडियो एक्सरे मेसिन खरिद गर्ने जनहित्कारी निर्णय गरेका हुन्।
पहिलो पटक निर्वाचित मेयर पटेलले जनतालाई विकासको प्रत्याभूति दिलाउन पद भार ग्रहण गरेको पहिलो दिन नै सो निर्णय गरेका हुन्।
नगर भित्र शिक्षा,स्वास्थ,कृषि, पार्यवरण,सिचाइ तथा सडक पुर्वाधार लगायतका क्षेत्रमा गुणस्तरीय कार्य गरि जनताको मतलाई सम्मान गर्ने उनको भनाइ छ।

नवनिर्वाचित प्रतिनिधिलाई शपथ ग्रहण गराउदै नगर प्रमुख पटेलले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने तथा दिन-रात एक गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here