वडा अध्यक्ष संजय यादव द्वरा माध्यमिक बिधालय सितलपुरमा छड्के अनुगमन

रामसरन यादव जेठ १९ गते

रौतहट जिल्लाको उतरी र पश्चिम भेग अवस्थित फतुवा विजयपुर नगरपालिकाको वडा न.२ मा रहेको श्री माध्यमिक बिधालय सितलपुरमा आज नव निर्वाचित वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवको टिमले शैक्षिक गुणस्तर बुझ्न अनुगमन अनुगमन गरेका हुन् । विधालयका प्रधानअध्यापक र बिधालय ब्य्स्वाथापन समितिका अध्यक्ष अन्य शिक्षक , शिक्षिका लगायतका ब्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रम र भेटघाट गर्नुको साथै अनुगमन गरेका हुन् ।
वडा अध्यक्ष यादवले शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा शैक्षिक गुणस्तरमा बृद्धि आउने धारणा राखे । उनले विद्यालयको अनुगमन पश्चात वडाको हरेक काममा तुरुन्तै एक्सनमा जाने यादवले बताएका छन् । त्यस्तै उक्त अनुगमनको क्रममा कक्षा १ देखि कक्षा १० सम्मका बिधालय कोठामा अनुगम गर्दा त्यहा बिधार्थिहरु आधि मात्र उपस्थति रहेको पाए पछि वडा अध्यक्ष यादवले बिधालय को प्र अ ध्यान आकर्सन गराएका हुन्।
उक्त कमिकजोरिको दुई दिन भित्र बिधार्थीको नाम पुरै डिटियल बिधालयको लेटर पत्र मार्फत अभिभावालाई तुरुन्तै जानकारी गराउने वडा अध्यक्ष यादवले प्र अ लाई निर्देशन दिएका हुन्।
जुन विधार्थीलाई ड्रेस , शैक्षिक सामाग्री न पुगने आवस्थामा त्यस्ता विधार्थीलाई स्वयम् वडा अध्यक्ष आफुले पुरा गर्ने बताएका छन्। वडाका सबै विद्यालय स्वास्थ्य चौकीको अनुगमन बेला बेलाम गरिने समेत वडा अध्यक्ष संजय यादवले बताए छन् । अनुगमनको क्रममा कर्मचारीले अटेरी गरेमा नियम पुर्वक कार्वाही गरिने यादवको भनाई छ
बिधालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको निरीक्षण तथा बिद्यार्थीहरुको शैक्षिक अवस्था का बारेमा अनुगमन गरिएको थियो । अनुगमनमा वडा अध्यक्ष संजय यादव , प्रधानअध्यापक श्रीनारायण साह , बिधालय ब्य्स्वाथापन समितिका अध्यक्ष दिपेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here