सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जाऔं:चौधरी


बिमलेश कुमार झा

२३ जुठ २०७९,रौतहट। माणडवि संस्थाको सामी परियोजना अन्तर्गतको कार्यक्रम संयोजक अरबिन्द चौधरीले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान नेपाली युवासँग आग्रह गरेका छन्।

रौतहटको मध्य भाग गरुडामा अवस्थित एन्पी स्टार होटलमा आयोजित स्थानीय अभियान कर्ताहरुसँग अन्तरक्रिया कार्यक्रमलाई संचालन गर्दै संयोजक चौधरीले स्वदेश मै रोजगारी गरौ या वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जानलाई नेपाली युवालाई आग्रह गरेका छन्।

चौधरीले वैदेशिक रोजगारमा जानु अगाडि नै सम्बन्धित कम्पनीमा गर्नु पर्ने काम सिकेर, दक्ष भएर जाँदा कामदारलाई सजिलो हुनुका साथै आकर्षक तलव, सेवा र सुबिधा पाउने बताएका छन्।
चौधरी अनुसार सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुन्छ । वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित कामको बारेमा तालिम लिएर मात्रै जानुपर्दछ । तालिम लिएर गएमा सम्झौंता अनुसारको काम र पारिश्रमिक प्राप्त गर्न सकिन्छ । सीप नसिकी जाँदा रोजगारदाताको अपेक्षा बमोजिम काम नहुँनाले तल्लो दर्जाको काम तथा जोखिमपूर्ण काममा लगाईदिन सक्दछन्, साथै रोजगारदाताले हेप्ने, कुट्ने, पिट्ने गर्न सक्दछन्

नेपाली युवाहरु अपरिचित राष्ट्रमा दैनिकी दु:ख भोगिरहेका उनले उल्लेख गरे। त्यसैकारण सामी परियोजनाले मधेस प्रदेशको राजधानी जनकपुरधाममा ३० देखि ४५ दिन सम्म गास र बासको व्यवस्था सहित विभिन्न ११ वटा सीप नि:शुलक सिकाइ रहेकाले विदेशमा जाने नै भए सीप सिकेर मात्र जानलाई आग्रह गरेका हुन्।

सामि परियोजनाले वैदेशिक रोजगारमा जाने युवालाई फर्निचर सम्बन्धि काममा जाने भए कारपेण्टर, हाउस वाईरिङ्ग आदि तालिम दिइरहेको उनले बताए। तमिल लिएर गए राम्रो सुविधा, काम गर्न सजिलो हुनाको साथै काममा दक्षता हासिल गर्न सकिन्छ चौधरीले भने । साथै दुर्घटनाको संभावना पनि कम हुन्छ । सीप सिक्नु भनेको जीवनको अमुल्य सम्पत्ति हो जुन आजिवन काममा आउँछ । स्वदेशमा सीप सिकेर विदेशमा प्रयोग गर्ने र त्यहाँ सिकिएको सीप तथा प्रविधिलाई स्वदेशमा फर्किएर सोही अनुरुपको आफ्नै व्यवसाय गरी आय आर्जन गर्न पनि सकिन्छ ।

सके सम्म स्वदेशमै केही गर्ने प्रयास गरौं, नसके मात्रै वैदेशिक रोजगारीको बाटो अंगालौं । परदेश जानै परे तालिक लिई कम्तीमा पनि एउटा सीप सिकेर मात्रै जाऔं ।
रौतहटको गौर,गरुडा, चन्द्रपुर नपा र दुर्गा भगवती गाउपालिकाको संयुक्त पहलमा माणडवि सुरक्षीत आप्रवासी परियोजना अन्तर्गत संचालित स्थानीय अभियान कर्ताहरुसँग अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभयो ।

यस् कार्यक्रम अन्तर्गत संचालनमा रहेका आप्रवासी स्रोत केन्द्र को प्रचार प्रसार तथा वैदेशिक रोजगारलाई सुरक्षीत व्यवस्थित मर्यादित एवम् सोषण रहित बनाउन यो अभियान संचालन गरिएको चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here