पूर्व मेयर राजु यादवका समर्थकहरुले वर्तमान मेयर प्रदिप यादवलाई गरे अभद्र व्यवहार।

बिमलेश कुमार झा

०९ असार २०७९,रौतहट। पूर्व मेयर राजु यादवका समर्थकहरुले वर्तमान मेयर प्रदिप यादव माथि अभद्र व्यवहार गरेका छन्।

रौतहटको बौधिमाई नगरपालिकाका पूर्व मेयर राजु यादवका गृह वडामा निजका समर्थकहरुले वर्तमान मेयर प्रदिप यादवमलाई एक कार्यक्रम बिच अभद्र व्यवहार गरेका छन्।
मेयर यादवले जनताका सुख-दुख बुझ्न नपाका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम राखेका थिए सोही अन्तर्गत पूर्व मेयर राजु यादवको गृह वडा ईनरबारीमा बिहिवार बिहान अन्तक्रिर्या कार्यक्रम गरिरहेको अवस्थामा अशब्द कुराको प्रयोग गर्दै अभद्र व्यवहार गरेका छन्।
स्थानीय अस्पतालका लापरबाही बारे प्रकाश पार्ने क्रममा पूर्व मेयरका समर्थकहरुले होहल्ला गर्दै अशब्द कुराको प्रयोग समेत गरेका थिए।

मेयर यादवका अनुसार लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष भनेकै चुनाव हो। चुनाव भनेको लोकतन्त्रको गहना हो। चुनावी प्रक्रिया कै अनुसार विगतको निर्वाचनमा पूर्व मेयर निर्वाचित हुदा मैले आफ्नो पराजय स्विकार गरेका थिए तर यो चुनावमा पूर्व मेयर राजु यादवले पराजित हुदा हारलाई स्विर नगरि आफ्नो मतियारहरुलाई परिचालन गरि विभिन्न बहानामा कार्यक्रम बिथोल्न लागिपरेका मेयर यादवले आरोप लगाएका छन्।

पूर्व मेयरको यस्तो बौलाहटले गर्दा लोकतन्त्रको उपहास समेत भइरहेको मेयर यादवले बताउनुभयो।

पूर्व मेयर यादवको यस् कार्य प्रति गम्भीर हुदै वर्तमान मेयरले बौधिमाईका जनतालाई एक बैठकको आयोजना गर्दै सो कुरा बारे प्रकाश पार्ने समेत बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here