पूर्व गाविस अध्यक्ष हरिमान राजवंशीको निधन

प्रेमचन्द्र झा
चैत्र २५ गते

राैतहट । राजदेवी नगर पालिका वडा नम्बर २ हजमिनिया निवासी व्यक्तित्व पूर्व गाविस अध्यक्ष हरिमान राजवंशी को निधन भएको छ । उहाँको उपचारको क्रममा २०८१। १२।२२ गते शुक्रबारको दिन काठमाडौँमा निधन हुन गएको हो। उहाँको निधनले हजमिनिया गाउँवासी नै शोकाकुल भएको छ। उहाँले यस गाउँको लागि दिनुभएको समय २०२८ सालदेखि २०४६ सालसम्मको लगातार पञ्चायती व्यवस्थाको गाउँ पञ्चायतको प्रधानपञ्च (मुखिया ) र फेरि मुलुकमा प्रजातन्त्र बहाली भएपछि २०५४ सालदेखि २०५९ सालसम्म गाविस अध्यक्षमा जितेर पुरै आफ्नो जीवनकाल जनताको सेवामा व्यतीत गरे ।

यस गाविसको लागि दिनुभएको माया स्नेह प्रेम र गाउँ क्षेत्रको लागि गर्नुभएको विकास प्रति यस गाउँका जनताहरु सधै भरी याद गरि रहने छ। गाउँको अभिभावक अति मिलनसार उच्च विचार सरल स्वभावको धनी हरिमान राजवंशी भाैतिक रुपमा यश संसारबाट सधैका लागि विदालिए पछि स्थानीय जनसमुदाय उहाप्रति हार्दिक श्रद्वाञ्जली भनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here