बिमलेश कुमार झा
रौतहट ८साउन
रौतहटमा एक दलितले फासो लगाई आत्महत्या गरेको हो।
जिल्ला रौतहट मौलापुर २ बस्ने प्रमोद माहराले आफ्नै घरमा फासो झुन्डिएर आत्महत्या गरेको हो ।दलितबस्ती मर्यादपुरमा आज करिब १० बजेको समयमा हृदे माहारा चमारको छोरा ३६ वर्षिय प्रमोद महारा चमारले घाँटीमा फासो झुन्डिएर आत्महत्या गरेको हो।
माहाराले कुनै कारण बस विगत केही महिनादेखि मानसिक तनावमा रहेका कारण फासी झुन्डिएको होला भन्दै माहाराको बुवाले अनुमान गरेका छन्।
आफ्नै सुत्ने भुसको घरमा कपडाको फासो लगाई उनले आत्महत्या गरेको छ । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि ईलाका प्रहरी कार्यालय मौलापुरलाई जनकारी गराएको थियो।
निजको शव प्रहरी र वडाध्यक्षको रोहबरमा घरबाट बाहिर निकालि निजको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको प्रहरीले जानकारी गराएका छन्।