आफूलाई पाउने हरेक सेवा सुविधा जनतालाई समर्पित गर्ने शम्भु साहको प्रतिबद्धता


बिमलेश कुमार झा
३ वैशाख २०७९

रौतहट।नेकपा एकीकृत समाजवादी पार्टीबाट गौर नगरपालिकाको प्रत्यासी शम्भु साहले आफूलाई पाउने हरेक सेवा सुविधा जनतालाई समर्पित गर्ने बताएका छन्।

यदि वैशाख ३० गते स्थानीय तह निर्वाचनमा निर्वाचित भए आफूलाई पाउने हरेक सेवा सुविधा जनतालाई समर्पित गर्ने साहले खुलासा गरेका छन्।
साहले विगतको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट चुनाव लडदा थोरै मतले पराजित भएका थिए।
सो पराजयलाई अवसरको रुपमा लिइ अझै उर्जाका साथ जनतामा समर्पित भइ काम गरिरहेकाले जित निश्चित हुने दाबी गरेका छन्।
साह अनुसार निर्वाचित जनप्रतिनिधिहरुले विगत ५ वर्षको कार्यकालमा शिक्षा,स्वास्थ्य, रोजगारी, यातायात, सडक पूर्वाधार लगायतका क्षेत्रमा विकास नभएको बताए ।

रौतहटको गौर नगरपालिका जिल्लाकै सबै भन्दा पुरानो नगरपालिका हो। तसर्थ विगतको निर्वाचन हुनु भन्दा अघिल्लो र पछिल्लो अवस्थालाई मुल्यांकन गर्दा एक प्रतिशत पनि विकास नभएको साहले दाबी गरे।

गौरको मात्रै हैन जिल्लाकै धरोहरका रुपमा रहेका राइस् मिल अतिक्रम हुनबाट जोगाउने हाम्रो मुख्य एजेन्डा रहेको साहले प्रतिबद्धता गरे।
राइस् मिललाई संरक्षण गर्ने विगतको निर्वाचनमा हरेक दलको मुख्य एजेन्डा रहेको थियो। तसर्थ निर्वाचित मेयरले राइस् मिललाई संरक्षण नगरी दिनदिनै अतिक्रमण तिर अग्रसर बढ्दै गएको साहले टिप्पणी गरे।
साहले गौर नगरपालिकाको निर्वाचित मेयर अजय गुप्ताले राइस मिल जग्गाको नाममा ८७ लाख दस्तुर लिइ चुनाव लडेको दाबि गर्दै यदि यो कुरा झुठो हो भन्ने सो कुराको खुलासा गर्ने महेन्द्रनगर निवासी विजय यादव माथि किन कार्यवाही गरेन? भनि प्रश्न गर्दै मौन रहनुको मतलब वास्तवमा ८७ लाख घुस लिइ चुनाव लडेको प्रष्ट भएको साहले दाबी गरेका छन्।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गौर नगरपालिका अन्तर्गत पर्यटकीय स्थल बनाउने, कृषकलाई सिचाइको व्यवस्था, उचित समयमा मलको व्यवस्था, प्राविधिक शिक्षामा जोड, गरिब असहायका छोरीहरुको बिहेमा विशेष सहयोग गर्ने लगायतका कार्य गर्ने जनता समक्ष प्रतिबद्धता गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here