मेयर यादवद्वारा विद्यालयको स्तरोन्नति


बिमलेश कुमार झा

२४ जेठ २०७९,रौतहट। रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर १ अन्तर्गत संचालित एक सामुदायिक विद्यालयको स्तरोन्नति भएको छ।

नगरपालिका प्रमुख प्रदिप यादवले श्री आधारभुत विद्यालय बौधा अजगैबीमा कक्षा ६ उद्घाटन कार्यक्रमको आयोजना गर्दै सो विद्यालयलाई स्तरोन्नति गरेका हुन्।
बौधिमाई १ मा कक्षा पाँच सम्म पठनपाठन हुदै आएका श्री आधारभुत विद्यालयलाई आज सोमबार बिहान कक्षा ६ उद्घाटन कार्यक्रमको अवसरमा मेयर यादवले सो विद्यालयलाई स्तरोन्नति गरेका छन्।

गुणस्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, पर्यावरण तथा जनशक्तिको क्षमता अभिवृद्धि गर्न आफू लागि परेको बताउनुभयो
नगरपालिकाभित्रका विद्यालयहरूको नियमन, अनुगमन र विकास गर्ने दायित्व नगरपालिकामा आएको भन्दै प्रमुख यादवले सबैलाई जिम्मेवार बन्न आग्रह पनि गरे ।
‘क्षमता, सीप, स्रोत र साधनको उच्चतम प्रयोग गरेर गुणस्तर वृद्धिमा लाग्न म शिक्षक, कर्मचारी र विद्यालय ब्यवस्थापन समितिलाई आग्रह गर्छु’ मेयर यादवले भनेे ।
बौधिमाई गरपालिकाका मेयर यादवले नगर क्षेत्रको शिक्षालाई गुणस्तरीय बनाउन प्रधानाध्यापकहरुलाई नेतृत्वदायी भुमिका खेल्न निर्देशन दिएका छन ।

मेयर यादवले गुणात्मक शिक्षा कसरी दिने भन्नेमा केन्द्रित हुन र पढाईको ग्यारेण्टी गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए

निजि विद्यालयको तुलनामा कमजोर भएकै कारण सामुदायिक विद्यालय प्रतिको बिश्वास घट्दै गएको तर्फ संकेत गर्दै उनले गुणस्तरीय शिक्षामा शिक्षक, अभिभाबक र सरोकारवालाहरुको मन जित्ने गरी जिम्मेवारी निभाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिएका हुन ।

मेयर यादवले शिक्षा क्षेत्रमा कुनै किसिमको लापरबाही नगर्न तथा कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई सरकारद्वारा पाउने दिवा खाजा प्रभावकारी र दैनिकी संचालनमा ल्याउन उपस्थित शिक्षकलाई आग्रह गरे।
आवश्यक जनशक्ति तयार गरि कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने मेयर यादवले प्रतिबद्धता समेत गरे।

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रौतहटका इकाई प्रमुख श्री रामविनय कुमार सिंह, वडा नम्बर १ का वडा अध्यक्ष रामजोधि पटेल कुर्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुठा राय यादव, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज यादवले आफ्नो मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here