भन्सार छली ल्याएका सर-सामानहरु भन्सार कार्यालयमा बुझाईयो। ।

रौतहट ।१३ असोज २०७८

भन्सार छली ल्याएका सर-सामानहरु भन्सार कार्यालयमा बुझाईएको छ।
यस रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य मिति २०७८।०६।१३ गते अं.११:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ स्थितमा ना.१ ज-३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनि लगायतका अन्य किराना सर-सामनहरु लोड गरी जाँदै गरेको अवस्थामा शंका लागी रोकी चेक जाँच गर्दा गाडीमा सवार रहेका भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ३ बस्ने बर्ष ३५ को जोत नारायण साहसंग बिल बिजक माग गर्दा नदिएकोले गाडीमा लोड रहेको अं.मुल्य रु.१,७३,०००।-(एक लाख तिहत्तर हजार) वरावरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारले जी बिस्कुट र अं.मुल्य रू.३,००,०००।-(तीन लाख) बराबरको पिकअप गाडी समेत गरि जम्मा अं.मुल्य रु.४,७३,०००।-(चार लाख तिहत्तर हजार) बराबरको विभिन्न माल बस्तुहरु आवश्यक कारवाहीको लागी आज मिति २०७८।०६।१३ गते गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here