काठमाडौं : सिंहदरबार परिसरका दुई सय २६ कर्मचारी छड्केमा परेका छन् ।
राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार परिसरका तीन मन्त्रालयसहित ६ वटा कार्यालयमा अनुगमन गरेको थियो । अर्थ मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल, खानेपानि मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा छड्केको गरेको केन्द्र प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए ।
अनुपस्थित, समय पालना नगरेको १६९ जना, अघिल्लो मितिमा विदा स्वीकृत नगराइ अनुपस्थित हुनेमा ३२ जना, तोकिएको पोशाक नलगाउने १४ जना, सिट छड्केमा ११ जना परेको छ । यसअघि मंगलबार मात्रै सिंहदरबारमै छड्के हुँदा २ सय १५ कर्मचारी कारवाहीमा परेका थिए ।