भ्रष्टाचार विरुद्धको देशव्यापी अभियान चलाउने नेपाली काङ्ग्रेसको घोषणा

?????????????????????????????????????????????????????????

काठमाडौं : नेपाली कांग्रेसले देशव्यापी भ्रष्ट्राचारबिरुद्धको अभियान चलाउने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।

कागेश्वरी मनोहरामा भएको सभालाई सम्बोधन गर्दै शर्माले यस्तो घोषणा गरेका हुन् । त्यहाँ भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीविरुद्ध शुक्रबार नगर संघर्ष समितिले आयोजना गरेको विरोधसभामा कांग्रेस प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए।

उनले भने, ‘नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गर्ने सम्मका काम भएका छन्, अब कांग्रेस चुप लागेर बस्दैन, भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्छाैं।’

प्रवक्ता शर्माले सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण जनताको समर्थन गुमाउँदै गएको दावी गरे। ‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकाको गत १४ मंसिरमा भएको निर्वाचनमा कम्युनिस्ट ढलिसके’, शर्माले भने, ‘नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनतालाई पत्याउन छाडिसकेको यो प्रमाण हो।’

नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here