कलैया । कोभिड १९ बाट संरक्षण प्रवद्घनको लागि सरसफाइ तथा स्वच्छता सामग्री बितरण कार्यक्रमको परियोजना सामाजिक परिक्षण कलैयामा आइतबार सम्पन्न भएको छ ।
डिभलप पोइन्टको सहयोग र संरक्षण नेपाल बाराको आयोजनामा १३ वटा स्थानमा अटोमेटीक हैण्ड वास जडान गरिएको हो ।
कलैया, महागढीमाई, करैयामाई, बारागढी, आदर्शकोतवाल, सुवर्ण, देवताल, फेटा, प्रसौनी तथा परवानीपुर गाउँपाललिका लगायतका १३ वटा स्थानमा रु ९ लाख ३१ हजार ५ सयको लागतमा सो अटोमेटीक हैण्ड वास जडान गरिएको हो ।
उतm कार्यक्रममा नागरिक समाज बारा सचिव हिरालाल साह, महिला संजालकी बबिता जयसवाल, जेष्ठ नागरिक समाजका भरत मल्ल, एकल महिलाकी मन्दा अले, निल हिरा समाजकी रोशनी थापा, कलैया उपमनपाका तपसी चौरसीया, फेटा गा.पा.का पारस जयसवाल तथा संचारकर्मी साजिद मंसुर लगायतकाले कार्यक्रमको प्रभावकारीता तथा सुझाव समेत राखिएको थियो ।
सो कार्यक्रम संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मुकेश कुशवाहाले गरिएको थियो ।