अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन रौतहटकोे अध्यक्षमा आदित्य कु.रजक निर्वाचित।

राजेश पासवान।चैत २७ ।

रौतहट– नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन रौतहटकोे अध्यक्षमा आदित्य कुमार रजक निरबिरोध निर्वाचित भएका छन् ।

अनेरास्ववियु रौतहटको पुर्व स.संयोजक तथा हाल अनेरास्ववियुको उप महासचिव प्रमिला कार्कीको सभाअध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमबाट आदित्य कुमार रजकको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा दिपिका सापकोटा रहेकिछिन भने सचिवमा छोटेलाल साह कलवार,सह सचिवमा अर्जुन पटेल,सदस्यहरुमा देवेन्द्र राम,शोनु ठाकुर,अशोक यादव,रिना साह,मेनुका पटेल,सुरेश कुमार बैठा,नवीन यादव र असगर अली लगायत अन्य ४० जना सदस्यहरु रहेका छन्।

सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो भर्च्युल बैठक समपन्न भई सांगठानिक कार्य योजना निर्माण गरिएकोे अध्यक्ष रजकले बताए । उनले अब विद्यार्थीहरुको हकहित र अधिकारको साथै वैज्ञानिक र ब्यवहारिक शिक्षा नीतिका लागि आफुले संघर्ष गर्ने योजना बनाएको सुनाए ।

उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एसका पोलिटव्युरो सदस्य तथा संविधानसभा सदस्य रामकुमार भट्टराई रहेका थिए भने विशिष्ट अथितिको रुपमा अनेरास्ववियुकी महासचिव आरती लामा र उप महासचिव प्रमिला कार्की, त्यसैगरी अथितिहरुमा चन्द्रपुरकी नगर उपप्रमुख रामरती चौधरी,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको धर्मेन्द्र प्रसाद सिंह र लक्ष्मण रेग्मी,लगायत दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here