बौधिमाईको प्रथम नगर कार्यपालिकाको बैठक सम्पन्न,मेयर यादवले दिए धन्यवाद ज्ञापन


बिमलेश कुमार झा

२५ जेठ २०७९,रौतहट। रौतहटको बौधिमाई नगरपालिकाको प्रथम नगर कार्यपालिकाको बैठक बुधबार सम्पन्न भएको छ ।

आज बुधबार सपथ तथा पद वहाली पश्चात् बसेको कार्यपालिकाको बैठक परिचात्मक रहेको सो नगरको नगर प्रमुख प्रदिप यादवले बताउनु भयो।

सो बैठकमा मेयर यादवले बौधिमाई नगरका सम्पूर्ण नगरबासीलाई धन्यवाद ज्ञापन दिएका हुन्।` यहाँका न्याय प्रेमी जनताले आफ्नो अमूल्य मत दिई विजयी गराएकोमा धन्यवाद ज्ञापन गर्दछु´। बितेको शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा निर्वाचित सदस्यबाट जसपा नेपालका तर्फबाट ३,नेपाली काङ्ग्रेस १ र नेकपा एमालेबाट १ तथा मनोनीतबाट जसपा नेपाल १,स्वतन्त्र १ र नेकपा एमालेका तर्फबाट एक जना निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here